नेभिगेशन
राजनीति

सोमबार कार्यालयका कागजात खोसेर लगिन्, मंगलबार नगरपालिका गेटबाट छिर्न पाइनन् उपमेयर

काठमाडौं– महोत्तरीको गौशाला नगरपालिकामा पनि नयाँ चटक देखा परेको छ। 

स्थानीय सरकारकी उपप्रमुखले मंगलबार कार्यालयमा छिर्न पाइनन्। नगर प्रहरीले उनलाई गेटमा नै रोकेर छिर्न दिएनन्। 

उपप्रमुख रेणुकमुमारी महतोले आफूलाई छिर्न नदिएको विषय फेसबुकमा भिडिओ लाइभ गरी देखाइन्। 

महतोलाई प्रवेश गर्न नदिनुको कारण कर्मचारीसँगको खटपट रहेको पत्तो लागेको छ।

मंगलबार बिहान ८ बजे बोलाइएको कार्यपालिका बैठकमा सहभागी हुन १० बजे पुगेकी उप–प्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध भएको थियो। 
नगर प्रहरीले माथिको आदेश भन्दै कार्यालय प्रवेश गर्न नदिएको भिडिओमा भनेकी छिन्। 

उप–प्रमुख महतोले सोमबार कार्यालयका महत्त्वपूर्ण कागजताहरु कर्मचारीबाट खोसेर घर लगेपछि गौशाला नगरपालिकामा द्वन्द्व चर्केको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति