नेभिगेशन
खेलकुद

बसीर अहमदले नेपाललाई पेनाल्टी तिराएको यो पहिलो पटक होइन, नेदरल्याण्डसविरुद्ध के भएको थियो?

काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तरगत नेदरल्याण्ड्सविरुद्ध खेलमा नेपालले १६ रनको जीत निकालेको छ। 

तर रोचक के छ भने नेपालले १० रन गुमाउँदै नेदरल्याण्डसलाई जोडिँदा के गल्ती भयो? किन थप रन पायो प्रतिस्पर्धी मुलुकले?

पहिला ब्याटिङ गर्नेक्रममा नेपाललाई १० रन पेनाल्टी लाग्न पुग्यो। त्यसैको कारण २ सय ३७ रनको लक्ष्य पाएको नेदरल्याड्सले पहिलो बल खेल्नु अघि नै १० रनबाट सुरुवात गरेको थियो। 

स्कटल्याण्डको डण्डीमा टस हारेर पहिला ब्याटिङ गर्नेक्रममा नेपालका ब्याटर बसिर अहमदले एकै किसिमको दुई गल्ती गर्दा १० पेनाल्टी पाएको थियो।

तीव्र गतिका बलर कायल केलिनको ३७ औं ओभरको तेस्रो बलमा बसिर अहमद पिचको मध्यभागमा हिँडेका थिए। बसिर उक्त बलमा रोक्दै केहि पईला अघि बढेर पुन स्ट्राइकमा फर्किएका थिए।

अम्पायरले त्यति बेलासम्म पेनाल्टी दिएका थिएनन्। तर नेदरल्याड्सका अनुभवी बलर रोलेफ भान डर मर्वेले अम्पायरसँग उक्त घटना बताउँदै असन्तुष्ट पोखेका थिए। त्यसपछि अम्पायरले नेपाललाई ५ रन पेनाल्टी दिए। 

बसिरले सोही किसिमको गल्ती ४० औं ओभरमा पनि गरे।

स्पिनर अर्यान दत्तको ४० औं ओभरको दोस्रो बलमा पुन बल रोकेपछि पिचको मध्यभागमा थोरै अघि बढेर फर्केका थिए। यस पटक नेदरल्याड्सका कप्तान स्कर्ट एडवाड्र्सले अपिल गरेका थिए। त्यसपछि आरिफ शेखले बसिरलाई गएर सम्झाएका थिए। 

अम्पायरले नेपाललाई पेनाल्टी दिएका थिए। जसको कारण नेदरल्याण्ड्सले १० रन अतिरिक्त पाएको थियो। क्रिकेटको नियम अनुसार पिचको बीच भागबाट ब्याटर हिँड्न पाइदैन। यस्ले फिल्डर र अम्पायर दुबैलाई बाधा पुग्ने बताइन्छ।

बीचभागबाट हिँडेमा मात्रै होइन बलमा थुक लगाएमा, विकेटकिपरले राखेको हेल्मेटमा बल लागेका, ब्याटरले समय अनावश्यक रुपमा खर्चेमा, फिल्डिङ टोलीलाई बाधा पुर्याएमा, पिच ब्याटरले बिगारेमा, चेतावनीका बाबजुद पुन सर्ट रन लिएमा, बल टेम्परिङ(बल बिगारेमा) पनि पाँच रन पेनाल्टी लाग्ने गर्दछ। 

सन् २०२२ मा टीयु मैदानमा टी२० सिरिजमा युएईका फिल्डर बासिल हामिदले बलमा थुक लगाउदा पनि नेपालले पाँच रन पेनाल्टी पाएको थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

अस्ट्रेलिया विश्वकपमा छनोट