नेभिगेशन
खेलकुद

रोचक मोडमा टेस्ट च्याम्पियनसिप फाइनल, अस्ट्रेलिया २१८ रनले अगाडी

काठमाडौं । आइसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल रोचक मोडमा पुगेको छ । दुई दिनको खेल सकिदा अस्ट्रेलियाले २१८ रनको महत्वपूर्ण बढ्त बनाउदै बलियो अवस्थामा देखिएको छ ।

टेस्टको दोस्रो दिनको खेल सकिदा अस्ट्रेलियाले ८ विकेट गुमाउदै १४४ रन बनाएको छ । योसँगै पहिलो इनिंगमा ७४ रनको बढ्तसहित अस्ट्रेलियाले २१८ रनको अग्रता बनएको हो ।  

अस्ट्रेलियाको दोस्रो इनिंगमा एलेक्स केरीले महत्वपूर्ण ४३ रन बनाएका थिए भने मार्नस लाबुस्चागनेले २२, स्टिभ स्मिथले १३ रन बनाएका थिए । त्यस्तै मिचेल स्टार्क १६ रन बनाएर क्रिजमा छन् ।

त्यस्तै दक्षिण अफ्रिकाका बलर कागिसो रबाडा र लुंगी एनगिडीले ३-३ विकेट लिएका छन् भने मार्को जानसेन र विआन मुल्डरले एक एक विकेट लिएका छन् ।      

पहिलो इनिंगमा दक्षिण अफ्रिका केवल १३८ रनमा अल आउट भएपछि अस्ट्रेलियाले ७४ रनको महत्वपूर्ण बढ्त बनाएको थियो । अस्ट्रेलियाले पहिलो इनिंगमा २१२ रन बनाएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद