नेभिगेशन
राजनीति

अध्यक्ष अन्सारी प्रकरणः प्रहरी कर्मचारीकै सुरक्षाका लागि अपनाइएको तिकडम अहिले ब्याकफायर?

इनरुवा– ‘आवेशमा आएर जनताका गुनासालाई सम्बोधन गराउन खोज्दा केही शव्द निस्किए, त्यसका निम्ति क्षमा चहान्छु’, कोसी गाउँपालिका अध्यक्ष अयुव अन्सारीले एउटा प्रकरणका सन्दर्भमा भनेका छन्।

सुनसरीको ग्रामिण र राजमार्गसमेत पर्ने कोसी गाउँपालिकाका गरिब, विपन्न जनताले प्रशासन र प्रहरीको दुख झलेको गुनासो एक पटक गरेका थिएनन्, अन्सारीलाई। 

अन्सारीले पनि प्रशासनसँग समन्वय गरी समस्याबारे बारम्बार भनिरहेका थिए। तर पनि जनताका गुनासोमा प्रशासनले चासो नदिएको पाएपछि उनले प्रत्यक्षदर्शी भएर देखेको घटनामा आवेग रोक्न सकेनन्। 

‘हात हालेको होइन, जनताको प्रतिनिधि हुँ। जनताले दुख पाएको कसरी सुन्न सक्छु?’, अन्सारी भन्छन्। 

कोसी प्रदेश सरकारले सो गाउँपालिका अन्तर्गतको कटान क्षेत्रमा कोसी रिफ्रेश्मेनट सेन्टरको स्थापना गर्दै त्यहाँ ठूलो लगानी गरेको छ। 

सो क्षेत्रको सुरक्षा र राजमार्ग एरियामा निगरानी बढाउन त्यहाँ अन्सारीकै पहलमा नेपाल प्रहरीको सुरक्षा दस्ता र ट्राफिक प्रहरी ब्यवस्थापन गरिएको हो।

पूर्व–पश्चिम राजमार्गको क्षेत्रमा पर्ने कोसी कटान क्षेत्र केही महिनायता त्यँहा कार्यरत प्रहरी टोली र ट्राफिक प्रहरीबाट सर्वसाधारण विभिन्न बहानामा आर्थिक लूटमा पर्न थालेपछी स्थानीय जनप्रतिनिधिको प्रतिवाद हुन पुग्यो।

‘जनताका गुनासा जिल्लाका प्रमुखदेखि उपल्ला निकायमा पनि सुनाइयो तर कार्यान्वयन तहमा नपुगेपछि फिल्डमा बुझ्न जाँदा जे देखियो त्यसको प्रतिक्रिया थियो। तर, केही शव्दमा ध्यान दिनुपर्छ भन्ने पनि ठानेर विज्ञप्ति जारी गरिएको हो’, गाउँपालिकाका जनप्रतिनिधि भन्छन्।

प्रत्यक्षदर्शीका अनुसार सो क्षेत्रमा सर्वसाधारणले प्रहरीमाथि नै जाईलाग्ने सम्भावना भएपछि जनप्रतिनिधि र त्यसमा पनि गाउँपालिका अध्यक्ष नै भएपछि नियन्त्रणका लागि जनभावनालाई आफूतिर ढल्काउन भाषामा त्रुटी गरिएको हो।

कोसी गाउँपालिकाको अध्यक्ष भए पनि सुनसरी र आसपासको जिल्लामा युवा नेतृत्वको क्षमता राख्ने अन्सारीले प्रशासनसँग समन्वय गरेका कारणले नै सहजीकरण भएका अनेक दृष्टान्त रहेको बताइन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

प्रतिनिधिसभाबाट बजेट पारित