नेभिगेशन
राजनीति

‘कुलिङ पिरियड’ को हेरफेर कमजोरी होइन, अपराध हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले निजामती सेवा विधेयकमा भएको हेरफेरको विषयलाई सामान्य रुपमा लिन नमिल्ने बताएका छन्।

आज (मंगलबार) सामाजिक सञ्जालमा लेख्दै उनले राज्य व्यवस्था समितिले पारित गरेको संघीय निजामती विधेयकलाई प्रतिनिधिसभामा हेरफेर गरेर पेश गर्ने कुरा कमजोरी नभइ अपराध भएको उल्लेख गरेका छन् ।

उनले मनपरीले सीमा नाघेकोको समेत बताएका छन् । लोकतन्त्र र जनप्रनिधिसंस्था सांसदको यो भन्दा अवमूल्यन, अपमान र उपहास अरु हुन नसक्ने बताए । हेरफेर गरेर पेश गर्ने दुषकार्यको जिम्मेवारहरूमाथि जोसुकै भए पनि कडा भन्दा कडा कारवाही हुनुपर्नेमा जोड दिए । उनले भने, ‘लामो समयसम्म राष्ट्रिय रुपमै बहस भइ समितिले पारित गरेको ‘कुलिङ पिरियड’ को विषयमा नै यसो गरिएकाले यसलाई सामान्य रुपमा लिनै मिल्दैन । यो कमजोरी होइन, अपराध हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति