नेभिगेशन
राजनीति

वेदुराम भुसालले भने- आगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थपरक छैन

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थपरक नरहेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद भुसालले यस्तो बताएका हुन् ।

उनले अगामी आर्थिक वर्षको विनियोजन समेत मन्त्रालयगत र क्षेत्रगत हिसाबले सन्तुलित नरहेको टिप्पणी गरे। अगामी आर्थिक वर्षको बजेट विनियोजन किसानमैत्री नभएको समेत उनको भनाइ छ । सांसद भुसालले २०२८ सालदेखि सधैँ घाटाको बजेट आइरहेको भन्दै यसले मुलुकको अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने बताए ।

उनले भने, ‘बजेटमा घाटाको अनुपात बढ्दै गएको छ । हामीले घाटाको बजेट बनाउन थालेको २०२८ सालदेखि हो । २०२७ सालको बजेटमा हाम्रो केही करोड रुपैयाँ बचत थियो । आर्थिक वर्ष २०२८/२०२९ को बजेटमा ११.८१ प्रतिशत घाटा थियो । त्यो बढ्दै गएर आर्थिक वर्ष २०८०/२०८१ मा २५.८५ प्रतिशतमा पुग्यो र अहिले ३०.३२ प्रतिशतमा पुगेको छ ।

यसले बजेटमा हामीले प्रत्येक वर्ष घाटाको अनुपात बढाउँदै गएको छ । अब कसरी यस बजेटलाई यथार्थपरक भन्ने प्रश्न उठिरहेकै छ । त्यसकारण बजेटमा चित्त बुझाउने ठाउँ चाहिँ देखिँदैन । दोस्रो कुरा यो विनियोजन पनि सन्तुलित छैन । मन्त्रालयगत हिसाबले पनि सन्तुलित छैन, क्षेत्रगत हिसाबले पनि सन्तुलित छैन । सबैभन्दा चित्त दुख्ने के भने यो विनियोजन किसानमैत्री छैन ।’

कुल गार्हस्थ्य उत्पादनको मुख्य संवाहक कृषि भनिए पनि बजेटमा उपेक्षा गरिएको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति