नेभिगेशन
सुरक्षा–अपराध

पोखरामा एक युवकको हत्या, बीच सडकमै भेटिएको शव कसको हो?

पोखरा– पोखरामा सोमबार बिहान हत्या गरिएको अवस्थामा एक जना युवकको शव फेला परेको छ। पोखरा महानगरपालिका–१५ वन विज्ञान अध्ययन संस्थान नजिकै एक युवकको शव भेटिएको प्रहरीले जनाएको छ।

अनुहार र शरिरमा चोट लागेको शवसँगै हथौडा समेत भेटिएको छ। शव रगताम्य अवस्थामा देखेपछि सर्वसाधारणले बिहान ५ बजे नै प्रहरीलाई खबर गरेका थिए।

शरिरमा चोट समेत देखिएका कारण र शवसँग फेला परेका सामग्रीले ति युवकको हत्या गरिएको पुष्टि भए पनि परिचय खुलाउन मुस्किल परेको छ। उनी पोखरामा देखिइरहेको अनुहार भएका युवक नरहेको पनि सर्वसाधारण र स्थानीयले बताएको प्रहरीले जनाएको छ।

शवको साथमा परिचय खुल्ने कुनै पनि कागजात भेटिएको छैन। राती २ बजेसम्म पनि सडकमा केही देखिएको थिएन, बिहान ५ बजे मात्र शव देखिएका कारण बिहानको राती हत्या भएको अनुमान गरिएको हो।

राति नै हत्या भएको हुन सक्ने स्थानीयहरुको भनाइ छ । शवको पोष्टमार्टमपछि थप अनुसन्धानका लागि सहयोग पुग्ने प्रहरीले बताएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध