नेभिगेशन
सुरक्षा–अपराध

अनि, ‘भाउ’ म्यागेजिनमा अन्तरवार्ता दिन गएकी ख्याती श्रेष्ठ कहिल्यै फर्किनन्, पुरानो डेरावालको किन गरियो हत्या?

काठमाडौं, ललितपुर र चितवनका तीन जिल्लामा ख्यातीका शवका विभिन्न भाग पोका–पोकामा फेला परेका थिए

काठमाडौं– १६ बर्षअघि काठमाडौंमा नै एउटा भयानक घटना भयो। यसले मिडियादेखि प्रहरी संयन्त्र र राज्यलाई पनि हल्लाएको थियो।

२०६६ साल जेठ २२ गते हराएकी ख्याती श्रेष्ठको हत्या भएको थियो यस प्रकरणका अनेक घटनाक्रम खुल्दै जाँदा अपराधको दुनियाँमा यो नौलो हिसाबको घटना प्रमाणित भयो। 

के भएको थियो? भन्ने विषयमा भनिनेछ। तर, यस प्रकरणमा नेपाल प्रहरी अनुसन्धानमा सफल बन्यो।

ख्याति श्रेष्ठ हत्याकाण्डका मुख्य अभियुक्त वीरेन श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनायो। 

न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले श्रेष्ठलाई अपहरण तथा कर्तव्यज्यान मुद्दामा दोषी ठहर गर्दै शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

एउटै अपराधमा अभियुक्त वीरेन उम्किन नसकोस् र हदैसम्मको कारबाही होस् भनी दोहोरो सजायको मागदाबी गरिएको थियो। 

अदालतले पनि अपहरण र कर्तव्यज्यानतर्फ फरकफरक फैसला सुनाएको थियो। अपहरणतर्फ १९ वर्ष र दुई लाख रुपैयाँ जरिवाना छ भने कर्तव्यज्यानतर्फ सर्वस्वसहित जन्मकैदको फैसला थियो।

अपहरणतर्फ तीन शीर्षक तोकेर अदालतले वीरेनलाई सजाय सुनाएको थियो। अपहरण गरेकोमा १५ वर्ष, दुईजना मिलेर गम्भीर प्रकृतिको अपहरण गरेकोमा थप २ वर्ष तथा महिलालाई अपहरण गरेकोमा २ वर्ष गरी जम्मा १९ वर्ष सजाय सुनाइएको थियो।

अपहरणमा मतियारको काम गर्ने वीरेनकै छात्रा १६ वर्षीया मेरिना शाक्यलाई कर्तव्यज्यानतर्फ जन्मकैदको फैसला सुनाइएको थियो।

त्यस्तै, अपहरणतर्फ १०, गम्भीर प्रकृतिको अपहरण भएकोले दुई र महिलाको भएकाले थप दुई गरी १४ वर्ष कैदसजाय तोकिएको थियो।
जन्मकैदमा राति, सार्वजनिक बिदाको सजाय कटौती भएपनि अपहरणमा त्यस्तो कानुनी व्यवस्था हुँदैन। 

एउटै अपराधमा दोहोरो सजाय सुनाइए पनि फाइल भने एउटै रहेकाले त्यसलाई छुट्टाछुट्टै राख्ने वा सजाय एउटैमा गाभ्ने भन्नेमा भने टुंगो लागिनसकेको न्यायाधीश रुपाखेतीले जनाएका थिए।

घटना कसरी भयो?
२०६६ जेठ २२ गते पुतलीसडकबाट शाक्यको सहयोगमा अपहरणमा परेकी १९ वर्षीया ख्यातिलाई सोही दिन वीरेनले खुसिबुको आफ्नो कोठामा कफीमा बेहोस हुने औषधि हालेर खुवाई रडले टाउकोमा हानी हत्या गरेका थिए।

अपहरणमा सहयोग गर्ने शाक्यले ‘भाउ’ म्यागजिनका लागि अन्र्तवार्ता लिने भन्दै ख्यातिलाई बिहान ८ बजे पुतलीसडकमा भेटी वीरेनले सिकाएअनुसार खुसिबु टाउन प्लानिङ लगेकी थिइन्।

घट्टेकुलोमा भाडामा बस्ने ख्यातिका परिवारसँग वीरेनको दुईवर्ष अघिदेखि नै चिनजान थियो। 

२०६४ सालमा ख्यातिका बाबुआमा ख्यातिको उच्च शिक्षाका लागि विराटनगरबाट काठमाडौं आई बालाजुस्थित वीरेनको घरमा भाडामा बसेका थिए। 

वीरेनले एकवर्षपछि घर बेचेका थिए। पछि ख्यातिको परिवार घट्टेकुलो सरे पनि ख्यातिको पढाइबारे वीरेनले बेलाबेला उनका बाबुआमालाई सल्लाह दिने गरेका थिए। 

त्यहीक्रममा ख्यातिका बाबुले वीरेनलाई खाना खान बोलाएर ख्यातिलाई पाइलट बनाउन २५ लाख जम्मा गर्न सक्ने बताएका थिए। 

त्यसपछि नै वीरेनले ख्याति अपहरणको योजना बनाएका थिए।

क्यासिनो गएर पैसा सक्ने कुलतले वीरेनले यस्तो क्रुर अपहरण गरेको अनुसन्धानका क्रममा खुलेको थियो।

प्रहरीले ख्यातिको अपहरणको १७ दिनपछि २०६६ असार ६ गते वीरेनलाई सोह्रखुट्टेबाट पक्रेको थियो। 

वीरेनले हिन्दी भाषामा ख्यातिकै नम्बरबाट कुरा गरी परिवारलाई फिरौति बुझाउन सुनौली, चितवन, दार्जिलिङ, बोलाएर पछि काकरभिट्टाबाट १० लाख लिएका थिए।

ख्यातिको शरीरका भाग ललितपुर, काठमाडौं र चितवनमा फेला परेका थिए। 

२०६६ साउन दोस्रो साता काठमाडौं जिल्ला अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। 

अहिले वीरेन केन्द्रीय कारागार र मेरिना महिला कारागारमा छन्।

शिक्षिका बनेर निस्किइन् मेरिना 
यहि प्रकरणमा मतियारको रुपमा सजाय पाएकी मेरिना अहिले सामाजिक काममा सक्रिय छिन्। २० वर्ष कैद सजाय भुक्तान गरेर मेरिना शाक्य जेल मुक्त भएकी थिइन्। 

जेल सजाय भुक्तान गरेर उनी जेलमुक्त भएको सुन्धारा कारागारका जेलर लक्ष्मी बाँस्कोटाले जानकारी दिए। 

शाक्यलाई लिन उनका बाबुआमा कारागार आएका थिए। 

जेल मुक्त हुँदा उनी हर्षका आँसु बगाएर मुस्कुराउँदै बाहिर निस्किएकी थिइन्। 

कारागारभित्रको महिला स्कुलका विद्यार्थीहरूले उनलाई बिदाइ गरेका थिए। मेरिना कारागारभित्रको स्कुलकी हेड मास्टर थिइन्। 

मेरिना जेल चलान भएको १२ वर्षपछि जेलमुक्त भएकी हुन्। कैद भुक्तान गर्दा कारागारको शिक्षिका हुँदा उनले वार्षिक दुई महिना कैद सजाय मिनाहा हुने गरेको थियो। 

शाक्यलाई अपहरणतर्फ १० वर्ष र गम्भीर प्रकृतिको हत्या तथा महिला भएकाले कर्तव्य ज्यान मुद्दा गरी जन्मकैद सजायको १० वर्ष गरेर उनलाई ३ मंसिर २०६७ मा जिल्ला अदालत काठमाडौंका तत्कालीन न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले उनलाई २० वर्ष कैद सुनाएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध