नेभिगेशन
समाज विविध

भेरी नदीमा बेपत्ता दुईको शव फेला, एक वेपत्ता

सुर्खेत- जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ। 

भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक  वसन्त शर्माले बताए। १२ वर्षीया आशा कुसारी अझै बेपत्ता छिन्। 

बेपत्ताको खोजी जारी छ। आज दिउँसो २ बजे भेरीमा पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएका हुन्। 

जाजरकोट तर्फको ६ ठाउँमा प्रहरी परिचालन गरेर बेपत्ताको खोजी भइरहेको जाजरकोटका डिएसपी शर्माले जानकारी दिए। आशा र महेश एकै घरका दिदीभाइ हुन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध