नेभिगेशन
सुरक्षा–अपराध

दैलेखमा साथीसँग शिकार खेलेर फर्किएका थिए, छातीमा गोलीको छर्रा लागेपछि मृत्यु भयो

दैलेख– साथीसँग शिकार खेलेर फर्किने क्रममा भरुवा बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु भएको छ।

महाबु गाउँपालिका –४ प्रिखोलाका ३४ वर्षीय पूर्णबहादुर थापा सलामी मगरको मृत्यु भएको हो। 

ती व्यक्ति सिकार खेल्ने गएको अवस्थामा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो।

स्थानीय बतासे भन्ने ठाउँमा सिकार खेलेर घर फर्किके क्रममा काप्रिखोलाका ३० वर्षीय सूर्यबहादुर थापा बलामी लड्दा उनले बोकेको भरुवा बन्दुक पड्किँदा साथमै रहेका मगरको छातिमा छर्राले लागेर घटनास्थलमै मृत्यु भएको हो। 

प्रहरीले सिकार खेल्न गएका बलामी र ओम बहादुर थापा बलामी मगरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध