नेभिगेशन
सुरक्षा–अपराध

सप्तरीमा डाका समूहद्वारा लुटपाट, घरधनीको गोली हानी हत्या

जनकपुरधाम - सप्तरीको सुरुङ्गा नगरपालिका ८ मल्हनमा डाका समूहले लुटपाट गर्नुका साथै घरधनीको हत्या गरेका छन्।

डाका समूहले घरधनी कन्तलाल चौधरीको गोली हानी हत्या गरेका हुन् । डाकाहरुकै आक्रमणबाट कन्तलालका भाइ रमाकान्त चौधरी घाइते भएका छन् । चौधरीको उपचार अहिले सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विरेन्द्र यादवले राति १ करिब बजे ५/७ जनाको समूहमा रहेका डाकाहरुले कान्तालाल चौधरीको हत्या र उनको घरमा लुटपाट गरेको जानकारी दिए । उनका अनुसार डाकाहरुले धारिलो हतियार प्रहार गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

चौधरीको घरबाट डाकाहरुले ५ तोला सुन, २ केजी चाँदी र नगद ६० हजार रुपैयाँ लुटेर लगेको पनि प्रहरी निरीक्षक यादवले बताए । उनले घटनाबारे थप अनुसन्धान र डाकाहरुको खोजी भइहरेको पनि बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध