नेभिगेशन
विश्व

चीन भ्रमणको योजना बनाउदैछु- ट्रम्प

काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमणको योजना बनाएको बताएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुरा गरेपछि ट्रम्पले आफुले चीन भ्रमणको योजना बनाएको बताएका हुन् ।

उनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई अमेरिका भ्रमणको निम्तो पनि दिएका बताएका छन्, यद्यपि दुवै देशले अहिलेसम्म आधिकारिक रूपमा कुनै भ्रमणको पुष्टि गरेका छैनन् । चिनियाँ मिडियाका अनुसार, ह्वाइट हाउसको अनुरोधमा दुई नेताले फोनमा कुरा गरेका थिए ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा दुई बीचको कुराकानी डेढ घण्टासम्म चलेको थियो र यस अवधिमा धेरैजसो कुराकानी व्यापारको बारेमा थियो । उनले कुराकानीको परिणाम दुवै देशका लागि सकारात्मक रहेको बताएका छन् ।

यद्यपि, चीनले जारी गरेको विज्ञप्तिमा ट्रम्पलाई दिइएको निम्तो मात्र उल्लेख गरिएको छ, ह्वाइट हाउसको निम्तो यसमा उल्लेख गरिएको छैन । चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार, कुराकानीको क्रममा सी जिनपिङले ट्रम्पलाई अमेरिकाले चीनविरुद्ध चालेका नकारात्मक कदमहरू फिर्ता लिनुपर्ने बताएका थिए ।
साथै सी जिनपिङले दुवै पक्षले जेनेभामा हालै भएको सम्झौताको पालना गर्नुपर्ने बताएका थिए ।


यस व्यापार सम्झौता अन्तर्गत, अमेरिकाले चीनबाट आयात गरिएका सामानहरूमा लाग्ने कर १४५ प्रतिशतबाट घटाएर ३० प्रतिशत पुर्‍यायो । साथै, चीनले अमेरिकी सामानहरूमा लगाइएको कर १२५ प्रतिशतबाट घटाएर १० प्रतिशत पुर्‍याएपछि अहिले अमेरिका-चीन व्यापार द्वन्द शान्त भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व