नेभिगेशन
विश्व

भागदौडको घटनामा आरसिबीका मार्केटिङ प्रमुख पक्राउ

काठमाडौँ -बुधबार चिन्नास्वामी रंगशाला बाहिर भएको भागदौडको सम्बन्धमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) र कार्यक्रम व्यवस्थापन फर्म डीएनए इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अधिकारीहरू पक्राउ परेका छन् ।

भागदौडमा ११ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए ।

भारतीय समाचार एजेन्सी पिटीआईका अनुसार पक्राउ पर्नेमा आरसीबीका मार्केटिङ तथा राजस्व प्रमुख निकिल सोसाले, डीएनए इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका सुनील म्याथ्यू र किरण कुमार रहेका छन् । उनीहरुलाई बैंगलुरुस्थित कुबोन प्रहरी स्टेसनमा ल्याइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

कर्नाटकका मुख्यमन्त्री सिद्धरमैयाले राज्यका डीजीपी र आईजीपीलाई आरसीबी र डीएनए कार्यक्रम प्रबन्धकहरू र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए) का प्रतिनिधिहरूलाई भागदौडको सम्बन्धमा तुरुन्तै पक्राउ गर्न निर्देशन दिएका थिए ।


प्रहरीले विहिबार नै आरसीबी र कार्यक्रम व्यवस्थापन फर्म डीएनए इन्टरटेनमेन्टविरुद्ध मुद्धा दायर गरेको थियो । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व