नेभिगेशन
विश्व

ट्रम्पसँगको बयानबाजीपछि मस्कको कम्पनि टेस्लाको शेयरमा ठुलो गिरावट

काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कबीचको बयानबाजीको असर टेस्लाको शेयरमा परेको छ ।

ट्रम्प र मस्कको सामाजिक सञ्जालमा भएको बयानबाजीपछि  टेस्लाको शेयरमा ठूलो गिरावट आएको हो । बिहीबार टेस्लाको शेयर १४ प्रतिशतले घटेको छ, जसले गर्दा कम्पनीको मूल्यमा लगभग १५० अर्ब डलरको घाटा भएको छ । विज्ञहरूका अनुसार, यो टेस्लाको लागि पछिल्ला केही महिनामा सबैभन्दा खराब दिन थियो । 

मस्क ट्रम्प प्रशासनको सरकारी दक्षता विभागबाट बाहिरिएपछि उनीसँग भिड्ने मुडमा देखिएका छन् र ट्रम्पविरुद्ध एक पछि अर्को आरोप लगाउदै आएका छन् ।

अर्कोतर्फ ट्रम्पले पनि मस्कविरुद्ध कडा कदम चाल्ने संकेत दिएका छन् । ट्रम्पले मस्कको कम्पनी स्पेस एक्सको सरकारसँगको सम्झौता रद्ध गर्ने चेतावनी दिएका छन् ।

यो विवाद ट्रम्पले ल्याएको व्यापारसम्बन्धि विधेयकमाथि मस्कले कडा आलोचना गरेपछि शुरु भएको थियो । नीतिगत असमझदारीबाट शुरु भएको ट्रम्प र मस्कको विवाद अब व्यक्तिगत रुपमा आएको छ र यसले दुवैलाई आगामी दिनमा थप क्षति पुर्याउने विश्लेषण गरिएको छ ।
  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व