नेभिगेशन
राजनीति

सदन खुलाउन माओवादी लचक बन्ने, अग्नीबारे सर्वोच्च आदेशमा खुमलटारको यस्तो धारणा

काठमाडौं– अबरुद्ध रहेको प्रतिनिधि सभाको बैठक नियमित सञ्चालनका लागि माओवादी लचक हुने भएको छ।

संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको हो। विहीबार बिहान बसेको पदाधिकारी बैठकले गतिरोध अन्त्यका लागि सिर्जनात्मक र रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको हो।

‘हामी जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्नका लागि अधिकतम जोड रहने छ,’ बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले भने, ‘निकास निकाल्नका लागि सिर्जनात्मक, रचनात्मक ढंगले लाग्नेछौं।’

यसैगरी सर्वोच्च अदालतको संवैधानिक इजलासले उपाध्यक्ष सापकोटा र सूर्यमान दोङलाई पुनः अनुसन्धान हुनेगरी बुधबार दिएको आदेशमा पछि धारणा बनाउने निर्णय गरेको छ।

माओवादी केन्द्रले सर्वोच्च अदालतको पूर्णपाठ आएपछि मात्रै उपाध्यक्ष अग्नि सापकोटाको विषयमा सर्वोच्च अदालतले गरेको निर्णयमाथि आफ्नो धारणा बनाउने भएको छ। 

‘पार्टीको आधिकारिक धारणाको लागि अदालतको पूर्ण पाठ कुर्ने निर्णय भएको छ,’ एक नेताले भने।

बुधबार सर्वोच्च अदालतले पूर्व सभामुखसमेत रहेको माओवादी उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन आदेश दिएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति