नेभिगेशन
राजनीति

पूर्वराष्ट्रपति भण्डारीले भनिन्- गठबन्धनका नाममा महिलाको सहभागिता घट्यो

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूको गठबन्धनका नाममा महिलाहरूको प्रतिनिधित्व घटेको बताएकी छन् ।

विराटनगरमा आजबाट शुरु भएको उप प्रमुखहरूको राष्ट्रिय भेलामा बोल्दै भण्डारीले गठबन्धनका नाममा महिलाको प्रतिनिधित्व घट्ने विषयमा दलहरूले ध्यान दिनु पर्ने सुझाव दिइन् ।

उनले राजनीतिक दलका कार्यकर्ता र जनप्रतिनिधिहरूको ध्यान सुशासन र विकासतर्फ जानु पर्ने बताइन्। कार्यक्रममा बोल्दै भण्डारीले महिला जनप्रतिनिधिहरूले भोग्ने गरेको समस्याको बारेमा थाहा पाएको बताइन् ।

उनले भनिन महिलाहरूको प्रतिनिधित्वले शक्ति विकेन्द्रीकरणको पूर्ण अभ्यास भएको छ । यसले स्थानीय तहको विकास हुन्छ । उनले महिलाहरूले स्थानीय तहमा पाएको भूमिकाले सशक्तीकरण बढाएको बताइन् ।

उनले भनिन्, ‘महिला जनप्रतिनिधि सफल हुँदा स्थानीय तहहरू नै सफल हुने छ । संविधानले उप प्रमुखहरूलाई पूर्णकालिन कार्यकारीको अधिकार प्रदान गरेको छ।’

उनले मुलुकमा सुशासन र उत्तरदायित्वको खोजी भइरहेको भन्दै यो कार्य पुरा गर्न महिला जनप्रतिनिधिहरूले भूमिका खेल्नु पर्ने बताइन् ।

भण्डारीले अहिलेको संविधानले महिलाको सहभागिता मात्रै हरेक तहमा नगराएर नेतृत्व को विकास समेत गराएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति