नेभिगेशन
राजनीति

हिन्दू राष्ट्रमा अनिर्णित कांग्रेस पदाधिकारी बैठकले गरिदियो यस्तो निर्णय 

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक हिन्दू धर्म सापेक्षताका विषयमा अनिर्णित बनेको छ। तर, उसले राजसंस्था नभई गणतन्त्रलाई स्वीकार गर्ने निधोसहित त्यसका पक्षमा आम सभा गर्ने निर्णय गरेको छ।

कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार गणतन्त्रको पक्षमा सभा गर्ने बैठकको निर्णय छ।

नेपाललाई हिन्दू धर्म सापेक्ष राष्ट्र बनाउनुपर्ने बहुसंख्यक कांग्रेसको मतमा भने पदाधिकारी बैठक मौन रह्यो। उक्त बैठकमा यस विषयमा पनि प्रसङ्ग कोट्याइएका थियो। 

यसअघि पूर्वमहामन्त्री डा. शशांक कोइरालाले भनेका थिए,‘हिन्दू राष्ट्र हुनुपर्छ। तर राजा मान्न सकिन्न।’

कांग्रेसका बहुसंख्यक महासमिति सदस्य हिन्दू राष्ट्रको पक्षमा छन् भने यसको अभियानको नेतृत्व सांसद तथा पूर्वमन्त्री शंकर भण्डारीले गरिरहेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति