नेभिगेशन
विश्व

बंगलादेशमा हसिनाविरुद्ध न्यायाधिकरणमा आजदेखि सुनुवाई, प्रत्यक्ष प्रशारण गरिने

काठमाडौँ - बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले आजदेखि मानवता विरुद्धको अपराधको मुद्दामा पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्धको आरोपको सुनुवाइ गर्ने निर्णय गरेको छ ।


यो सुनुवाइ देशको इतिहासमा पहिलो पटक राज्य टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ । गत वर्ष अगस्ट ५ मा विद्यार्थी नेतृत्वको विशाल विरोध प्रदर्शनपछि सत्ताबाट हटाइएकी हसिनाले धेरै मुद्दाहरूको सामना गरिरहेकी छिन्, जसको सुनुवाइ अहिलेसम्म क्यामेराबाट टाढा राखिएको छ । 


न्यायाधिकरणको यो निर्णयले यो परम्परा तोड्ने छ । फेब्रुअरी १८ मा, तीन सदस्यीय न्यायाधिकरणले हसिना विरुद्धको अनुसन्धान अप्रिलसम्ममा पूरा गर्न आदेश दिएको थियो ।

राज्य समाचार एजेन्सी बीएसएसका अनुसार, अभियोजन पक्षले जुलाई-अगस्ट २०२४ मा भएको जनविद्रोहको क्रममा मानवताविरुद्धको अपराधको आरोप आज न्यायाधिकरणमा पेश गर्नेछ । विद्यार्थीहरुको नेतृत्वमा भएको विरोध प्रदर्शन पछि हसिनाको अवामी लिग सरकार अगस्ट ५, २०२४ मा अपदस्थ गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व