नेभिगेशन
अर्थ विविध

बजेटमा शेयर बजारले पायो प्राथमिकता, लगानीकर्ता भन्छन्: सकारात्मक

काठमाडौं – आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर बजार सुधार र पुँजी बजार प्रवर्द्धनका लागि महत्वपूर्ण योजना सार्वजनिक गरेका छन्।

उनका अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पुनर्संरचना गरी यसको संस्थागत क्षमता अभिवृद्धि गरिनेछ। जसले पुँजी बजारलाई थप पारदर्शी, सक्षम र भरपर्दो बनाउनेछ। बजेटमा शेयर बजारलाई प्राथमिक्ता दिइएसँगै लगानीकर्ता उत्साहित बनेका छन् ।


यी हुन् बजेटमा समेटिएका पुँजी बजार लक्षित व्यवस्थाहरू:

– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गरि यसको संस्थागत क्षमता अभिवृद्धि गरिनेछ।
– पुँजी बजारमा सर्वसाधारणको लगानी सुरक्षाका लागि धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ पारिनेछ।
– सूचीकृत कम्पनीहरू र अन्य संस्थागत लगानीकर्ताले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगहरूको सेयर, ऋणपत्र तथा अन्य धितोपत्रमा लगानी गर्न सक्ने वातावरण तयार गरिनेछ।
– कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटलमा लगानी गर्न सक्ने कानूनी व्यवस्था गरिनेछ।
– सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार सुरु गरिनेछ।
– गैरआवासीय नेपाली(NRN) लाई दोस्रो बजारमा शेयर कारोबार गर्न अनुमति दिइने व्यवस्था मिलाइनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध