नेभिगेशन
विश्व

न्युजिल्याण्डका उपप्रधानमन्त्री नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

काठमाडौँ - न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स दुईदिने औपचारिक भ्रमणका लागि आज दिउँसो काठमाडौं आउँदै छन्।

परराष्ट्र मन्त्रालयका अनुसार उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ।

त्यस्तै, आज साँझ उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तापछि संयुक्त पत्रकार सम्मेलन हुनेछ र परराष्ट्रमन्त्री डा। राणाले पिटर्सको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन्। यो पिटर्सको पहिलो नेपाल भ्रमण हो। 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व