नेभिगेशन
सुरक्षा–अपराध

कारागारमा हत्या प्रयास भएका युनुस अन्सारी जेलमुक्त भएकै साँझ सीआईबीको गिरफ्तमा

काठमाडौं– भारतीय नक्कली नोट कारोबारमा कैद सजाय भुक्तान गरी शनिबार साँझ छुटेका युनुस अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरी अदालतमा म्याद लिएको छ।

सम्पत्ति शुद्धिकरणको अभियोगमा सीआईबीले शनिबार नै गिरफ्तार गरेका उनलाई अदालतले ५ दिन म्याद थपेको हो। उनलाई सम्पत्ति शुद्धिकरणमा अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।

केन्द्रीय कारागार सुन्धारामा रहेका बेला उनलाई भारतीय आपराधिक गिरोहका मनमित सिंहले गोली हानी हत्याको प्रयास गरेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध