नेभिगेशन
सुरक्षा–अपराध

ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई थुनामा पठाउन आदेश

काठमाडौं -कास्की जिल्ला अदालतले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

कास्की जिल्ला अदालतले पोखरामा रहेको इमेज सहकारी ठगी अभियोगमा उनलाई थुनामा राख्न आदेश दिएको हो ।

सोमबार जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले उनलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

उनी जिल्ला कारागार बागलुङमा थुनामा थिए । त्यहाँबाट झिकाएर जिल्ला अदालत पोखराले सोमबार उनीसँग बयान लिएको थियो ।

 

सहकारीको रकम हिनामिना गरेको आरोपमा १४ जनाको उजुरीका आधारमा कास्की प्रहरीको छानबिन प्रतिवेदनपछि जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीमा ५७ करोड ३५ लाख ८४ हजार नौ सय हिनामिना गरेको भन्दै नेपालीसहित १५ जनाविरुद्ध अभियोग पत्र दर्ता भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध