नेभिगेशन
समाज विविध

कर्मचारीलाई तीन दिनभित्र काम सम्पन्न गर्न ऊर्जा मन्त्री खड्काको निर्देशन

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काम तीन दिनभित्र सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

मन्त्रालय र मातहतका कर्मचारीको आज यहाँ बसेको बैठकमा उनले काम ढिलाइ नगरी प्रभावकारी कार्यसम्पादनमा लाग्न सबैलाई निर्देशन दिएका हुन् । 

“मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिने, काममा ढिलाइ हुने गरेको गुनासो आएका छन् । कुनै पनि फाइल रोकिएर नागरिकले समस्या भोग्नु भएन, तीन दिनभित्र कुनैपनि फाइलको छिनोफानो हुनेगरी काम गर्नुहोस्”, मन्त्री खड्काले भने। उनले मन्त्रालयअन्तर्गतका निकायबाट उल्लेख्य प्रगति हुन नसकेकामा चिन्ता व्यक्त गर्दै काममा ढिलाइ गर्ने, नागरिकलाई दुःख दिने गरेको पाइएमा कारबाही गरिने उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध