नेभिगेशन
समाज विविध

फल्चा काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो : बालेन

काठमाडौ -काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फल्चा काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर भएको बताएका छन्।

सामाजिक सञ्जालमा लेख्दै बालेनले फल्चा केवल ऐतिहासिक संरचना मात्र नभएर काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर भएको बताएका हुन्।

IMG_20250524_194233-1748095321.jpg
 

उनले यस कारण फल्चाको संरक्षण र पुनर्निर्माणमा महानगर निरन्तर लागि परेको बताए। साथै फल्चा प्राचीनकालदेखि नेवा संस्कृतिमा सामाजिक एकताको केन्द्र रहँदै आएको बताउँदै  भने, 'मलाई पहिलेदेखि लाग्थ्यो, फल्चाहरूको सामाजिक र सांस्कृतिक महत्व ठुलो छ तर यी विस्थापित हुँदैछन्।

IMG_20250524_194323-1748095319.jpg
 

यसलाई तस्विर र संग्राहलयमा राख्ने होइन, तिनको संरक्षण, उपयोग र प्रवर्द्धन आजको आधुनिक विकासको दौडमा पनि अपरिहार्य छ। त्यसैले सोच्थेँ, कम्तीमा, हरेक बस स्टपमा यात्रुहरूलाई हाम्रो आफ्नो मौलिकता भएको फल्चा राख्न पाए कति राम्रो हुन्थ्यो। अहिले त्यहिअनुरूप कामहरू भइरहेका छन् भनेर जानकारी गराउँदछौँ।'

उनले काठमाडौं महानगरपालिकाले विभिन्न सडक खण्डमा बस बिसौनी (फल्चा) निर्माण कार्य निरन्तर गर्दै आएको बताए। उनले थपे, ‘आर्थिक वर्ष २०७९/८० देखि नै फल्चा बनाउन बजेट विनियोजन गरिएको हो। बिजुली बजारमा रहेका दुई वटा फल्चा आर्थिक वर्ष २०८०/८१ मा निर्माण सम्पन्न भई उद्घाटन भइसकेका छन्।

IMG_20250524_194359-1748095319.jpg
 

माघ २०८१ मा जारी कार्यादेशअनुसार थप २४ वटा फल्चा निर्माणको तयारी भइरहेको छ, जसमध्ये आठवटाको निर्माण भइसकेको र ती माघ २०८२ भित्र सम्पन्न हुने जानकारी गराउँछौँ। यी सबै फल्चाको कुल लागत करिब रु ९ करोड रहेको छ।’

received_1224186435925644-1748093874.jpeg
IMG_20250524_194548-1748095317.jpg
received_1437762003900517-1748093874.jpeg
 

‘कंक्रीटाइजेसन’ले छोपेको यो समयमा काठमाडौंको सभ्यता झल्काउने झिंगटीको छानो, थामलगायत तथा बुट्टेदार अग्राखको काठबाट बनेका कलात्मक भागहरूसहितको फल्चा दृष्यका लागि पनि मनोरम बन्ने उनको विश्वास छ। 

बालेनको भनाइ:

मलाई पहिलेदेखि लाग्थ्यो, फल्चाहरूको सामाजिक र सांस्कृतिक महत्व ठुलो छ तर यी विस्थापित हुँदैछन्। यसलाई तस्विर र संग्राहलयमा राख्ने होइन, तिनको संरक्षण, उपयोग र प्रवर्द्धन आजको आधुनिक विकासको दौडमा पनि अपरिहार्य छ। त्यसैले सोच्थेँ, कम्तिमा, हरेक बस स्टपमा (Bus Stop) यात्रुहरुलाई हाम्रो आफ्नो मौलिकता भएको फल्चा राख्न पाए कति राम्रो हुन्थ्यो। अहिले त्यहिअनुरूप कामहरू भइरहेका छन् भनेर जानकारी गराउदछौ।

फल्चा प्राचीनकालदेखि नेवा संस्कृतिमा सामाजिक एकताको केन्द्र रहँदै आएको छ, जहाँ मानिसहरू भेला भएर विचार साटासाट, मेलमिलाप र सामूहिक निर्णय लिने गर्दथे। चैत्य वा पाटीसँग जोडिएका फल्चामा भजन, पूजा र पर्वका तयारीसमेत चलिरहन्थ्यो।  

प्राचिन समयमा यात्रु र तीर्थयात्रीका लागि विश्रामस्थल बनेका ती ठाउँहरूले काठमाडौं गल्लीहरूमा थकित शरीरलाई विश्रामको मौका दिइ फूर्तिलो बनाउँथे। बुढापाका मानिसहरूले फल्चामा बसेर कथा, इतिहास र परम्परा सुनाउँदा  पुस्तान्तरण हुँदै मौलिक इतिहास संरक्षणमा ठूलो योगदान पुग्थ्यो। यसैले फल्चा केवल ऐतिहासिक संरचना मात्र होइन, काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो।  

त्यसैले काठमाडौं महानगरपालिकाले विभिन्न सडकखण्डमा बस विसौनी (फल्चा) निर्माण कार्य निरन्तर गर्दै आएको छ। आर्थिक वर्ष २०७९/८० देखि नै फल्चा बनाउन बजेट विनियोजन गरिएको हो। विजुली बजारमा रहेका दुईवटा फल्चा आर्थिक वर्ष २०८०/८१ मा निर्माण सम्पन्न भई उद्घाटन भइसकेका छन्। माघ २०८१ मा जारी कार्यादेशअनुसार थप २४ वटा फल्चा निर्माणको तयारी भइरहेको छ, जसमध्ये आठवटाको निर्माण भइसकेको र ती माघ २०८२ भित्र सम्पन्न हुने जानकारी गराउँछौँ। यी सबै फल्चाको कुल लागत करिब रु. ९ करोड रहेको छ।

‘कंक्रीटाइजेसन’ले छोपेको यो समयमा काठमाडौंको सभ्यता झल्काउने झिंगटीको छानो, थामलगायत तथा बुट्टेदार अग्राखको काठबाट बनेका कलात्मक भागहरूसहितको फल्चा दृष्यका लागि पनि मनोरम बन्ने छ। सुविधाका लागि हरेक फल्चामा दुईतर्फी यात्रु विश्रामको सुविधा छ र बीचको बाटोबाट पैदल आवतजावत सहज हुने गरी 'डिजाइन' गरिएको छ। यो अपाङ्गमैत्री पनि छ।  

यस्ता कार्यले काठमाडौंको मौलिक संस्कृतिलाई थप उजागर गर्न मद्दत पुग्नेछ भन्ने हाम्रो विश्वास छ।  

धन्यवाद

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध