नेभिगेशन
समाज विविध

धरानका मेयर हर्कको आशंकाः जीबी राईको हत्या!

काठमाडौं– धरान उपमहानगरपालिका प्रमुख (मेयर) हर्क साम्पाङले सहकारी ठगी प्रकरणका प्रमुख अभियुक्त जीबी राईको हत्या आशंका गरेका छन्।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन्। शनिबार बिहान उनले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन्। 

‘जीबी राईलाई सहकारी शहीद बनाइसके कि क्या हो? आउने बित्तिकै पोल खुल्छ भनेर उसको हत्या भैसकेको हुन सक्छ! जीवीत भएको भए त पक्राउ पर्नु पर्ने होइन र जन्तरेऊ?’, राईले लेखेका छन्। 

यहि प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले मुद्दाको फैसला नदिँदासम्म थुनामा राख्न सक्नेगरी सर्वोच्च अदालतको शुक्रबार आदेश आएपछि हर्कको यो स्ट्याटस आएको हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध