नेभिगेशन
समाज विविध

गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ- नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको नियुक्तिमा योग्यता नपुगेको र अयोग्य व्यक्ति भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्था विपरीत राजनीतिक स्वार्थका आधारमा गैर कानुनी रूपमा गभर्नर नियुक्त गरिएको दाबी गर्दै रिट दायर गरेका हुन्।

सर्वोच्च अदालतका प्रवक्ता तथा सह-रजिष्ट्रार अच्युत कुइँकेलले रिट निवेदन अध्ययनको क्रममा रहेको र दर्ता प्रक्रियामा रहेको पौडेलसँग गभर्नर पदका लागि आवश्यक योग्यता नभएको र नियुक्ति बदर गर्न माग गर्दै सरकार र छनोट समितिलाई विपक्षी बनाइएको जनाकारी दिए ।

केही दिनअघि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका डा. विश्वनाथ पौडेललाई सरकारले नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध