नेभिगेशन
समाज विविध

सांसद कुँवर भने- सर्वसाधारणको स्वास्थ्य उपचार महँगो भयो

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले सर्वसाधारणका लागि स्वास्थ्य उपचार महँगो बन्दै गएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै पछिल्लो समयमा सर्वसाधारणको स्वास्थ्य उपचार महँगो बन्दै गएको बताएका हुन् ।

उनले भने ‘‘सर्वसाधारणका लागि स्वास्थ्य उपचार महँगो बन्दै गएको छ,’ उनले भने राष्ट्रको लागि महत्त्वपूर्ण योगदान गरेका, लोकतन्त्रको लागि सम्पूर्ण जीवन समर्पित गरेका व्यक्ति र पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बनेको छ ।’

सांसद  कुँवरले वर्षा यामसँगै हावाहुरीबाट देशका विभिन्न स्थानमा दु:खद् घटना घट्न थालेकाले हावाहुरीबाट हुने क्षति न्यूनीकरणमा सरकारको ध्यानाकर्षणसमेत गराए ।

‘वर्षा यामसँगै हावाहुरीबाट देशभर विभिन्न ठाउँमा घटनाहरू घटेको छ । हावाहुरीकै कारण कैलालीमा एक जनाको मृत्यु भएको छ,’ उनले भने, प्रतिनिधि सभा उनले वर्षासँगै हावाहुरीबाट हुने क्षति न्यूनीकरणमा सरकारको ध्यानाकर्षणसमेत गराए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध