नेभिगेशन
समाज विविध

काठमाडौ महानगरद्धारा डेंगी नियन्त्रणको थालनीमा विद्यालय स्तरीय विद्यार्थीहरुमा सचेतना कार्यक्रम सुरु

काठमाडौं - काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी नियन्त्रणका लागि विद्यालयका विद्यार्थीहरुलाई सचेतनामूलक कार्यक्रम थालनी गरेको छ।

बर्खायाम सुरु भएसँगै डेंगी संक्रमणको जोखिम बढ्ने भएकोले जोखिम घटाउने रोकथाम, नियन्त्रण र उपचारका विषयमा जानकारी दिन सचेतनामूलक कार्यक्रम थालिएको हो। महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुसालले ३२ सय विद्यार्थीहरुलाई सचेत बनाएर उनीहरुलाई डेंगी नियन्त्रणका सन्देश संवाहक बनाउने योजना अनुरुप कार्यक्रम थालिएको बताए ।’

समुदाय स्तरमा डेंगी रोगको रोकथामका प्रयासका बारेमा छलफल र अन्तरक्रिया चलाएर सम्भावित जोखिम घटाउने वडा कार्यालयको योजना छ । वडा नम्बर ३ का सदस्य सीता थापा र शर्मिला परियारले भने, ‘महामारी नियन्त्रणका लागि साझा प्रयास चाहिएको छ।’ कार्यक्रममा स्वास्थ्य प्रवर्धन केन्द्रका इञ्चार्ज सिर्जना पाठक र स्कूल नर्स सविता दनुवारले विद्यार्थीहरुसँग रोग लाग्ने कारण, रोगका लक्षण, वचावट गर्ने उपायका बारेमा अन्तरक्रिया गरेका थिए । यस क्रममा विद्यार्थीहरुले, कुन लामखुट्टेले टोक्दा डेंगी लाग्छरु डेंगी लागेको कसरी थाहा पाउनेरु जनावरबाट मान्छेमा रोग सर्छ कि सर्दैनरु जस्ता प्रश्न राखेका थिए। यी प्रश्नहरुको स्वास्थ्यकर्मीहरुले जवाफ दिएका थिए ।

सचेतनामूलक र क्षमता विकासका कार्यक्रमपछि डेंगी रोग फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने कार्यक्रमलाई सक्रिय बनाउने योजना छ। वर्षायाममा साउन, भदौ, असोज र कात्तिक महिनासम्म यस रोगको संक्रमण दर तीब्र हुने गरेको विगत अभ्यासले देखाउँछ । एडिस जातको संक्रमित लामखुट्टेले पारेको अण्डाबाट लार्भा हुँदै निस्कने लामखुट्टे वयस्क भएपछि यसले मानिसलाई टोकेमा डेंगी रोग लाग्छ । सामान्यतया संक्रमित लामखुट्टेले टोकेको ४ देखि ७ दिन भित्र कडा ज्वरो आउने, वाक–वाकी लाग्ने, निकै कमजोर महसुस हुने, खान मन नलाग्ने, जिउ दुख्ने जस्ता लक्षण देखिन सक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध