नेभिगेशन
राजनीति

प्रधानमन्त्री ओलीले उपमेयर सुनिता डंगोललाई 'जनप्रतिनिधि नै नमानेर' खोजे बालेन

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठक बस्यो । सोही बैठकमा काठमाण्डौका मेयर बालेन शाह अनुपश्थित रहे पछि प्रधानमन्त्री ओलीले खोजी गरेको र उनलाई समितिबाट हटाउन निर्देशन दिएका छन् ।

ओलीले भनेका छन्, ‘यस्ता महत्त्वपूर्ण बैठकमा जनप्रतिनिधिको पनि उपस्थिति हुनुपर्छ । तर कुनैपनि बैठकमा उपस्थित हुनुपर्ने जनप्रतिनिधि उपस्थित भएको पाइँदैन । आगामी दिनमा यस्तो नहोस् र अनिवार्य उपस्थिति हुनुपर्छ ।’

गणतन्त्र दिवस मूल समारोह समितिमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरु, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहन्छन् । 

काठमाण्डौबाट मेयर जानु पर्ने समितिको बैठकमा उपमेयर सुनिता डंगोल गएकी थिइन् । तर प्रधानमन्त्री ओलीले उपमेयर डंगोलको उपस्थितिलाई मान्यता नै दिएनन् । काठमाण्डौको उपमेयर सुनिता डंगोलको भए पनि उनले काठमाण्डौ महानगरपालिकाको कोही जनप्रतिनिधि उपस्थित नभएको भनिदिए । 

अन्यथा नभएको भए यसको अर्थ हो उपमेयरलाई प्रधानमन्त्रीले जनप्रतिनिधि मान्न तयार छैनन् । प्रधानमन्त्री ओलीले बालेन शाहलाई मात्रै काठमाण्डौको जनप्रतिनिधि स्विकारेको र उनलाई नै समितिको बैठकमा खोजेको अर्थ लगाउन सकिन्छ ।

सुनिता डंगोल प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा एमालेकै उम्मेदवारको रूपमा उपमेयरमा निर्वाचित भएकी हुन् । स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी उनले केहि पछि एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिइएकी थिइन् । 

बालेन शाह भन्दा २ बर्ष कान्छी उपमेयरको सामाजिक सञ्जालमा छवि केहि खस्केको बताइन्छ । खासगरि बालेनले भ्रष्टाचारीको आरोप लगाएका प्रमुख प्रशासकीय अधिकृतलाई ढोका फोरेर कार्यालय प्रवेश गराए पछि तथा काठमाण्डौमा भएको आमसभामा ओलीलाई राष्ट्रवादी नेता भन्दै प्रंशसा गरेर बालेनलक्षित स्टन्टले देश बन्दैन भनेर भाषण गरे पछि सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो । 

प्रधानमन्त्री ओलीलाई राष्ट्रवादी भनेकै कारण आलोचना र ट्रोल भएकी उपमेयर डंगोलको उपस्थितिलाई वास्तै नगरि काठमाण्डौको जनप्रतिनिधिको उपस्थित नै भएन भनेर ओलीले बालेनलाई खोज्नु आश्चर्यको बिषय हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति