नेभिगेशन
सुरक्षा–अपराध

सशस्त्र प्रहरीका असई छत्यालद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालका सहायक निरिक्षक (असई) दन्तबहादुर छत्यालले सगरमाथाको सफल आरोहण गरेका छन्। 

उनले जेठ ४ गते बिहान ९ः२० बजे ८ हजार ८४८ दशमलव ८६ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएका हुन्। 

सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले  छत्यालको आरोहण सफल भएको जानकारी दिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

सहायक निरीक्षक छत्यालले वैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए। 

तराई पहाड हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देशसहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध