नेभिगेशन
समाज विविध

सेती खोँचमा पुलमाथिबाट युवाले हाम फाले, सशस्त्रको टोलीले उद्धार गरिदियो

पोखरा– सेती नदीमा हाम फालेका २१ बर्षीय युवालाई सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको छ।

पोखरा महानगरपालिका–१० पृथ्वीचोकस्थित चाइनापुलबाट सेती नदीमा हाम फालेका एक युवकको सशस्त्र प्रहरी बलले उद्धार गरेको हो।

परिचय नखुलेको युवकले शुक्रबार सेतीमा हाम फालेका थिए। ती व्यक्तिले हाम फालेको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले राति ९ ः ३५ उद्धार गरेको हो।

उनको उद्धारका लागि करिब ४५ मिनेट लागको थियो। रोपरेस्क्यू प्रयोग गरी उद्वार गरिएको सशस्त्र प्रहरीका बलका केन्द्रीय सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। सय मिटर तल उनले हाम फालेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध