नेभिगेशन
समाज विविध

विद्युत् अवरोधका कारण मोबाइलको फ्लास बालेर सिंहदरबारमा बैठक

काठमाडौ - बिहीबारपनि शुक्रबार जस्तै देशैभरी विद्युत् आपुर्तीमा समस्या  जारी छ । झ्याप्प–झ्याप्प बत्ती जाने समस्याले सर्वसाधरण हैरान भएका छन् ।  

शुक्रबार पनि सर्वसाधरणले पटक–पटक यस्तो समस्या झेलेका छन् । भारतबाट नेपालमा भइरहेको बिजुली आयातमा समस्या आउँदा अवरोध भएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणमा नेतृत्व फेरिएसँगै यस्तो समस्या बढेको आरोप लागेको छ । सरकारले दुई महिनाअघि कुलमान घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गरेको थियो । शाक्यले शुक्रबार पत्रकार सम्मेलन गरी बत्ती जाने समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध