नेभिगेशन
राजनीति

संघीय निजामती विधेयक संसदीय समितिबाट पारित, कुलिङ पिरियड कति राखियो?

काठमाडौं– संघीय निजामती विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा पारित भएको छ।

शुक्रबार बिहान बसेको समितिको बैठकले विधेयक पारित गरेको हो। यद्यपि विधयेकमा फरक मत समेत रहेको छ।

विधेयकमा विवादित ‘कुलिङ पिरियड’ दुई वर्ष कायम गरिएको छ। ट्रेड युनियनको अधिकार यथावत् छ।

ट्रेड युनियनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले फरक मत राखे। उनले समिति सभापति रामहरि खतिवडालाई लिखित फरक मत बुझाएका हुन्। 

ट्रेड युनियन दलीय आधारमा बनाउन नहुने, आधिकारिक राखौँ भन्ने उनले प्रस्ताव गरेका छन्। उक्त विधेयक ०८० फागुन २१ गते सदनमा दर्ता गरिएको थियो। विधेयक ०८१ जेठ १५ गते संसदीय समितिमा पठाइएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति