नेभिगेशन
राजनीति

बस्नेत र राईको मुद्दाबारे देउवाले भने- राजनीतिमा यस्तै हुन्छ, ठूलो अर्थमा लिनु हुँदैन

काठमाडौं- सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्बित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेतमाथिको मुद्दालाई ठूलो अर्थमा नलिन आग्रह गरेका छन् ।

आज (शनिबार) बानेश्वरमा बसेको संसदीय दलको बैठकमा देउवाले राई र बस्नेतबारेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

घिमिरेका अनुसार सभापति देउवाले राजनीतिमा यस्तै हुने भन्दै आफूहरू पनि जेल बसेर आएको सांसदहरूलाई स्मरण गराए । उनले भने, ‘उहाँहरूको विषयमा पनि सांसदहरूले कुरा उठाउनु भयो । त्यो विषयमा सभापति ज्यूले जवाफ दिनुभयो । राजनीतिमा यस्तै हुन्छ, हामी पनि जेल बसेर आएका हौं, थुनामा बसेर आएका हौं भन्ने कुरा राख्नु भयो । यो विषयलाई ठूलो अर्थमा लिनु हुँदैन, राजनीतिमा हामी पनि बसेका हौं भन्नु भयो ।’

माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने बारेमा कुनै एजेण्डा नरहेको र कांग्रेसले सरकार परिवर्तनको बारेमा कुनै सोच नराखेको पनि उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति