नेभिगेशन
सुरक्षा–अपराध

मिस ‘हनिट्रयाप’का नाममा...

काठमाडौं– मिस, सक्रिय खनियाँ जी। डेढ महिनामा नै होटलमा युवक बोलाएर रकम लुटपाट गर्ने योजना बनाउँदा आज प्रहरीको अपराध अनुसन्धान कार्यालयको फन्दामा परेकी छौं। अब, हत्कडी लगाएर थुनुवाको बर्को लगाएर अनि म्याद थप गर्दै कानुनी कारबाही हुनेछ।

भविष्य बनाउने दाउमा होइन लुटेर धनी बन्ने ध्याउन्नमा खनियाँले आफू मात्र होइन, साथी कविता राईलाई पनि प्रहरीको अनुसन्धानमा तान्न बाध्य पारिन्।
३ लाख ६३ हजारको लोभमा अन्य ६ जनाबाट परिचालित हुँदा, गिरोहमा रहेर यस्तो काम गर्दा कहाँ पुग्यो खनियाँको भविष्य?

यसरी सहरी क्षेत्रमा हनिट्रयापमार्फत अपराधको बाटो रोज्ने उनी मात्र होइनन्। काठमाडौंमा नै केही दिनअघि एक जना तारा गुरुङको कथा पनि नमिठो छ। 

तर, हनिट्रयाप के हो र कसरी हुन्छ? 
हनिट्रयाप भन्ने शब्द विशेष गरी गुप्तचर कार्य, जासुसी, सुरक्षासम्बन्धी अनुसन्धान, र सामाजिक सञ्जालमा प्रयोग गरिन्छ, जसको अर्थ हुन्छ—कसैलाई भावनात्मक वा यौन सम्बन्धको मोहमा पारेर, जानकारी संकलन गर्नु वा त्यसको आधारमा ब्ल्याकमेल गर्नु।

यसको प्रयोग विशेषतः गुप्तचर एजेन्सीहरू, जासुसी संस्था, वा साइबर अपराधीहरूले लक्ष्य व्यक्तिबाट संवेदनशील जानकारी निकाल्नका लागि गर्छन्। 
हनिट्रयापमा प्रयोग गरिने व्यक्ति (पुरुष वा महिला) आकर्षक, चलाख र मानसिक रूपमा दक्ष हुन्छन्, जसले लक्षित व्यक्तिलाई विश्वासमा लिएर व्यक्तिगत, व्यावसायीक वा गोप्य सूचना फेला पार्ने प्रयास गर्छन्।

हनिट्रयाप परम्परागत रूपमा प्रत्यक्ष भेटघाट, प्रेम प्रस्ताव, वा विवाहको लोभ देखाएर गरिन्थ्यो। तर डिजिटल युगमा यसको स्वरूप झन् जटिल र खतरनाक बनेको छ। अहिले सामाजिक सञ्जाल, डेटिङ एपहरू, फेक प्रोफाइलहरू, र अनलाइन कुराकानीमार्फत मानिसलाई हनिट्रयापमा पारिन्छ।

उदाहरणका लागि, एक फेक फेसबुक प्रोफाइल बनाएर कुनै व्यक्तिसँग लामो समयसम्म कुराकानी गरिन्छ, सम्बन्ध बलियो बनाइन्छ, अनि गोप्य फोटो, भिडिओ वा जानकारी मागिन्छ। यस्ता कुराहरू पछि धम्की, ब्ल्याकमेल वा डाटा चोरीका रूपमा प्रयोग गरिन्छ।

हानिकारक पक्ष हेर्दा, हनिट्रयाप केवल व्यक्तिगत जीवनमा मात्र नभई, राष्ट्रिय सुरक्षामा समेत खतरा बन्न सक्छ। सरकारी अधिकारी, वैज्ञानिक, सेना, वा कुनै गोप्य निकायका सदस्यहरूलाई हनिट्रयापमा पारेर संवेदनशील दस्तावेज चोर्ने, राष्ट्रविरोधी गतिविधिमा संलग्न गराउने कार्यसमेत भएका उदाहरणहरू छन्।

यसबाट बच्नका लागि डिजिटल साक्षरता, सतर्कता र सचेत रहनु अत्यावश्यक छ। सामाजिक सञ्जालमा अनजान व्यक्तिसँग अत्यधिक व्यक्तिगत जानकारी साझा गर्नु, फोटो वा भिडिओ पठाउनु, वा भेटघाटको लागि हतार गर्नु खतरनाक हुन सक्छ।

हनिट्रयाप एक खतरनाक रणनीति हो, जसले मानिसको जीवन, करिअर, र देशको सुरक्षासम्म असर पुर्याउन सक्छ। त्यसैले भावनामा बहकिनु अघि सोच्नु आवश्यक छ।

अहिले सामाजिक सञ्जालमा कुनै युवती देख्नासाथ कुराकानी गर्ने, तथ्य पहिचान नगर्ने क्रम असामान्य छ। यौनजन्य लाभ लिन्छु भन्दा कतिपय युवा र युवतीले आर्थिक नोक्सानी र इज्जतको धज्जी उडाइरहेका छन्।

हनिट्रयापले फँस्ने र फँसाउने दुवैको जीवन बर्बाद बनाइरहेको प्रहरीका अवकाशप्राप्त अधिकारीहरु बताउँछन्। एक जना पूर्वएआईजी भन्छन्,‘एक त अपराध गरेर जीवन बर्बाद बनाउने समूह हुन्छ। अर्को जानाजानी, कुनै सचेतना नगरी त्यस्तो गिरोहको फन्दामा पर्ने पनि कहिँ न कहिँ कमजोरी गरिरहेको हुन्छ।’

प्रहरीले हनिट्रयापमा पर्न सकिने विषयमा सचेतना चलाइरहेको छ। तत्कालिन प्रहरी महानिरिक्षक (आईजी) सर्वेन्द्र खनालका पालादेखि सुरु भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रममा पनि यस्ता विषयमा जानकारी दिने गरिएको थियो। तर पनि अपराध न्यूनिकरणभन्दा पनि यसमा अलमलिने ज्यादा हुनुले समाजको गति फरक रहेको मान्छन् विज्ञहरु।   
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध