नेभिगेशन
अर्थ विविध

राइड सेयरिङको भाडादरको विषय संसद्‍मा उठ्यो

काठमाडौँ- राइड सेयरिङको भाडादारको विषय संसद्‍मा उठेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद महेश बस्नेतले यो विषय उठाएका हुन् ।

‘काठमाडौँ उपत्यकामा इनड्राइभ जस्ता अनलाइन सेवाहरूले ग्राहकलाई मनपरी भाडा लिएर र सरकारलाई एक पैसा कर नतिरी अर्बौँ ठगी गरिरहेका छन्’, उनले भने । यो विषयमा सरकारले ध्यान दिनुपर्ने उनको आग्रह छ ।

नेपालका आन्तरिक हवाइ सेवाले समेत यात्रुहरूलाई आधा घण्टाका लागि चार घण्टा सम्म कुराउने र उडान रद्द भए जिम्मा नलिने प्रवृत्ति नरहेको भनेर समेत उनले सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध