नेभिगेशन
अर्थ विविध

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग 

काठमाडौँ- नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले बाल स्वास्थ्यका लागि साझेदारी गर्दै काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

नेपालका बालबालिकाको स्वास्थ्य सेवामा सहज पहुँचमा सुधार ल्याउने कार्यक्रमा सहयोग गर्ने उद्देश्यले किओचलाई सहयोग गरेको पठाओ नेपालको निर्देशक सुरक्षा हमालले बताइन् ।

पठाओ नेपालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । हमालका अनुसार यसका लागि कम्पनीले राइड फर अ कज अभियान सञ्चालन गरेको थियो । उक्त अभियानमार्फत यात्रा जम्मा भएको रकम काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच किओचलाई हस्तान्तरण गरिएको हो ।

डा भगवान कोइरालाको नेतृृत्वमा निर्माण भइरहेको उक्त अस्पताललाई आर्थिक सहयोग गर्ने उद्देश्यले पठाओ नेपालले गत जेठ २७ गतेदेखि यही असार २ गतेसम्म राइड फर अ कज अभियान सञ्चालन गरेको थियो । उक्त सहयोगले आर्थिक अवस्था कमजोर भएका बालबालिकाको उपचारमा सहयोग पुग्ने कम्पनीको विश्वास छ । 

पठाओले प्रविधि, सञ्जालको प्रयोग गरी किओचको उक्त सामाजिक अभियानमा सहयोग गरेको जनाएको छ । यस सहयोगले बालस्वास्थ्य, जनचेतना र दीर्घकालीन सहकार्य हुनेमा कम्पनीको विश्वास छ । 

कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । पठाओले विगतदेखि नै सकारात्मक परिवर्तन र समुदायको समग्र हितको पक्षमा उभिँदै आएको छ । डा कोइरालाले काठमाडौँसहित सातवटै प्रदेशमा बाल अस्पताल निमर्माणको अभियान अघि सारेका छन् । कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल निर्माण भइसकेको छ । अब भने  काठमाडौँसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

व्यापार घाटा झण्डै १४ खर्ब