नेभिगेशन
विश्व

अमेरिका र चीनबीच व्यापार सम्झौता

काठमाडौँ - अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ । ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको पनि घोषणा गरेको हो ।


अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेको जानकारी दिदै सम्झौताको बारेमा जानकारी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको र यसको विवरण भोलि जारी गरिने बताएका छन ।

उनले भने- 'पछिल्ला दुई दिन धेरै रचनात्मक भएका छन् । हामी धेरै चाँडै सहमतिको बिन्दुमा पुग्न सफल भयौं, जसले हाम्रा भिन्नताहरू धेरैले सोचेजस्तो ठूला छैनन् भन्ने देखाउँछ ।'

उनले अमेरिका हाल १२०० अर्ब डलरको व्यापार घाटामा रहेको र यही कारणले गर्दा अमेरिकाका राष्ट्रपतिले शुल्क लगाउने घोषणा गरेको बताए ।


त्यस्तै चीनका भाइस प्रिमियर हि लाइफन्गले पनि अमेरिकासँगको व्यापार सम्झौताको पुष्टि गर्दै यस बारे छिटै जानकारी दिने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व