नेभिगेशन
विश्व

युद्धबिराम लामो बनाउन भारत–पाकिस्तानका सैन्य कारबाही महानिर्देशकस्तरीय वार्ता

काठमाडौं– युद्धबिराम गरेका भारत र पाकिस्तानका सैन्य कारबाही महानिर्देशकस्तरीय वार्ता सोमबार हुने भएको छ।

दिउँसो हुने वार्ताका क्रममा दुवै देशका सैन्य कारबाही महानिर्देशक (डीजीएमओ)बीच युद्धबिराम अझ लामो बनाउनेगरी वार्ताको तयारी भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

यसअघि आइतबार समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै भारतले युद्धविरामपछि अब पाकिस्तानका डीजीएमओसँग मात्र कुरा गर्ने बताएको भनेको थियो। यसमा अरू कुनै देश सामेल हुने छैन।

भारतीय वायुसेनाले भनेको छ, ‘हामीले अपरेशन सिन्दूरको उद्देश्य हासिल गरेका छौं। यो अपरेशन अझै पनि जारी छ। समय आएपछि हामी तपाईंलाई जानकारी दिनेछौं। वायुसेनाले अफवाहबाट बच्न अपील गरेको छ।’

अपरेशन सिन्दूर (७ मे) को सुरुवातदेखि १० मे सम्म, पाकिस्तानी गोलीबारीमा ७ सैनिक (५ सशस्त्र बल, २ बीएसएफ) सहिद भएका छन् भने ६० जना घाइते भएका छन्। कश्मिरको पहलगाममा आतंकवादी आक्रमणमा २६ जनाको हत्या भएपछि भारत र पाकिस्तानबीच तनाव उत्पन्नसँगै युद्ध सुरु भएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व