नेभिगेशन
अर्थ विविध

९ महिनामा प्रदेश सरकारहरूले खर्च गरे ८५ अर्ब ४७ करोड

काठमाडौँ- प्रदेश सरकारहरूले चालु आर्थिक वर्ष ९ महिनामा ८५ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आव २०८१/८२ को समग्र आर्थिक तथा वित्तीय अवस्था अनुसार चैतसम्म ७ प्रदेश सरकारले ८५ अर्ब ४७ करोड रुपैयाँ बराबर खर्च गरेका हुन् । त्यति खर्च गर्दा प्रदेश सरकारहरूको स्रोत परिचालन १ खर्ब ३९ अर्ब ७३ करोड रुपैयाँ देखिएको छ ।

राष्ट्र बैंकका अनुसार प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी १ खर्ब ४ अर्ब ६७ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३५ अर्ब ७ करोड रुपैयाँ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध