नेभिगेशन
अर्थ विविध

गभर्नर सिफारिस समितिको विज्ञ सदस्यबाट पौडेलको राजीनामा

काठमाडौं - डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन् ।  डा. पौडेलले आइतबार समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् ।

नेपाली कांग्रेसले गभर्नरमा डा. पौडेललाई सिफारिस गर्न प्रस्ताव गरे पछि उनले समितिको सदस्यबाट राजीनामा दिएका हुन् ।

अब सरकारले उनको ठाउँमा अर्को सदस्य राख्न नियुक्ति गर्नुपर्छ । पौडेलको राजीनामा स्वीकृत गर्न र उनको स्थानमा अर्को सदस्य राख्न मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने पर्छ भने त्यसपछि मात्रै पौडेललाई गभर्नरमा सिफारिस गर्ने बाटो खुल्नेछ ।

गभर्नर सिफारिस समिति अर्थमन्त्रीको संयोजकत्वमा हुने गर्छ, जसमा एक विज्ञ सदस्य र एक पूर्वगभर्नर राख्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

पौडेल विज्ञ सदस्यको रुपमा समितिमा रहेका थिए । त्यस्तै पूर्वगभर्नरबाट सदस्य नियुक्त भएका विजयनाथ भट्टराईले लामो समयसम्म बैठकनै बस्न नसकेको भन्दै असन्तुष्टि जनाएर राजीनामा दिएपछि उनको स्थानमा सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य नियुक्त गरेको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

व्यापार घाटा झण्डै १४ खर्ब