नेभिगेशन
अर्थ विविध

चैत्र महिनाको उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत

 

काठमाडौँ । चैत्र महिनाको बजार मूल्य औसत (उपभोक्ता मुद्रास्फीति) ३.३९ प्रतिशत रहेको छ । 

गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ४.६१ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर २.४५ र गैरखाद्य तथा सेवा समूहको ३.९० प्रतिशत रहेको छ ।


गत वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.२२ र ४.२० प्रतिशत रहेका थिए । गत चैतमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको मूल्यवृद्धिदर सबैभन्दा धेरै ११.६३, फलफूलको ९.०७, दाल तथा गेडागुडीको ६.५८ र गैरमदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेको छ । तर, तरकारीको मूल्यवृद्धिदर ५.२४, मरमसलाको २.३२ र माछा तथा मासुको ०.८९ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।


गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको औसत मूल्यवृद्धिदर ८.६९, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१, मदिराजन्य पेय पदार्थको ६.०७, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ र सुर्तिजन्य पदार्थको ४.८३ प्रतिशतले बढेको तथ्यांक छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध