नेभिगेशन
अर्थ विविध

९ महिनामा ११ खर्ब ९१ अर्ब ३१ करोड रेमिट्यान्स भित्रियो

काठमाडौँ- चालु आर्थिक वर्षको ९ महिना (चैतसम्म) रेमिट्यान्समार्फत ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ । 

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १० प्रतिशतले बढेको थियो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १७.२ प्रतिशतले बढेको  थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ७.३ प्रतिशतले बढेर ८ अर्ब ७४ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।

गएको ९ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६ सय ५२ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख २७ हजार ८ सय ४२ र २ लाख ११ हजार २ सय २६ रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध