नेभिगेशन
विश्व

भारत र पाकिस्तानको प्रशंसा गर्दै युद्धविरामको लागि अमेरिकाले सहयोग गरेको ट्रम्पको दाबी

काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार युद्धविराम कायम राखेकोमा भारत र पाकिस्तानको प्रशंसा गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा एक पोस्टमा भने, 'म भारत र पाकिस्तान दुवैको बलियो र दृढ नेतृत्वमा धेरै गर्व गर्छु । उनले सही समयमा बुद्धि र साहस देखाए र यो द्वन्द्व रोक्ने निर्णय गरे, किनकि यो द्वन्द्वले लाखौं निर्दोष मानिसहरूको मृत्यु र ठूलो क्षति निम्त्याउन सक्थ्यो ।'

ट्रम्पले अमेरिकाले यो ऐतिहासिक निर्णयमा पुग्न मद्दत गर्न सक्षम भएको समेत बताउदै युद्धविरामका लागि जस लिन खोजेका छन् । आफ्नो पोस्टमा उनले भारत र पाकिस्तानसँगको व्यापार बढाउने बारेमा पनि कुरा गरेका छन् ।

यसका साथै ट्रम्पले भारत र पाकिस्तानसँग मिलेर कश्मीर मुद्दाको शान्तिपूर्ण समाधान खोज्ने बारेमा पनि कुरा गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व