नेभिगेशन
विश्व

भारत–पाकिस्तान युद्ध बिरामको ‘ब्रेकिङ न्यूज’ दिने महाशक्तिशाली

काठमाडौं– नेपाली समयअनुसार शनिबार ५ बजेर ४० मिनेटमा एउटा ‘ब्रेकिङ न्यूज’ सामाजिक सञ्जाल एक्समार्फत आउँछ– भारत–पाकिस्तानबीच युद्ध बिराम भयो।
यो अरु कसैले नभएर विश्व महाशक्तिशाली अमेरिकी राष्ट्रपति डोनल्ट ट्रम्पले ट्वीटमार्फत दिन्छन्।

उनले यसमा अमेरिकाको मध्यस्तता रहेको पनि जानकारी दिन्छन्। तर, भारतले यसलाई अमेरिकाको मध्यस्तता नमानेको जिकिर गरिएको छ।

ट्रम्पको ट्वीट यस्तो छ

trump-1746938523.jpg
 

  • नेपाली समयअनुसार शनिबार बिहान ९ बजेर १५ मिनेटपछिका गतिविधिले युद्धविराम सम्भव भएको बताइन्छ।
  • सो समयमा पाकिस्तानका सैन्य कारबाहीका महानिर्देशक (डीजीएमओ)ले भारतका समकक्षीसँग टेलिफोन वार्ता गरेको दाबी गरिन्छ। 
  • यसैगरी १० बजे भारतले शुक्रबार राती पाकिस्तानले गरेको हमलाको कडा निन्दा गरेको खबर छ।
  • ११ बजेर ५ मिनेटमा भारतीय विदेश मन्त्रालय र सेनाको ब्रिफिङ हुन्छ। पाकिस्तानलाई कडा जवाफ दिने निधो भएको पनि जनाइएको छ।
  • ३ जबेर ५० मिनेटमा पाकिस्तानका डीजीएमओले फेरि भारतीय समकक्षीलाई टेलिफोन गरी सैन्य संघर्ष रोक्नका लागि प्रस्ताव गरेको बताइएको छ।
  • ५ बजेर ४० मिनेटमा अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध बिराम भएको जानकारी दिन्छन्।
  • ५ बजेर ४३ मिनेटमा पाकिस्तानका उपप्रधानमन्त्री इशाक डारले पोस्ट गरी युद्ध बिरामका लागि सहमति भएको जानकारी दिन्छन्।
  • ६ बजेर ९ मिनेटमा भारतका विदेश सचिव बिक्रम मिश्रीले भारत र पाकिस्तानबीच युद्ध बिराम भएको जानकारी दिँदै दुवै देशका डीजीएमओबीच सहमति भएको जानकारी दिन्छन्।
     

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व