नेभिगेशन
विश्व

युद्धविराममा सहमति जनाउँदै भारत र पाकिस्तानले ‘दूरदर्शिता’ देखाए : अमेरिका

वासिङ्टन डिसी - अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानले एकअर्काविरुद्ध भएका घातक आक्रमणपछि ठूला संघर्षतर्फ उन्मुख भइरहेका बेला युद्धविराममा सहमति जनाउँदै ‘दूरदर्शिता’ देखाएको बताएका छन्।

‘भारत र पाकिस्तानका सरकारहरूले तत्काल युद्धविराम गर्ने र तटस्थ स्थलमा विविध मुद्दाहरूमा वार्ता सुरु गर्ने सहमति जनाएको यो घोषणा गर्न पाउँदा म खुसी छु ,’ राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा युद्धविराम घोषणा गरेकै केही मिनेटपछि रुबियोले शनिबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

रुबियोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका पाकिस्तानी समकक्षी शहबाज शरिफलाई ‘शान्तिको बाटो रोज्दै देखाएको उनीहरूको बुद्धिमत्ता, दूरदर्शिता र नेतृत्व’ को प्रशंसा गरेका छन्।

अमेरिकी विदेश मन्त्रालयका अनुसार शनिबार बिहान रुबियोले दुबै देशका विदेशमन्त्रीहरूसँग कुराकानी गरेका थिए । भारत र पाकिस्तान दुवैले युद्धविरामको पुष्टि गरिसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व