नेभिगेशन
विश्व

भारत र पाकिस्तानबिचको सैन्य कारबाही रोक्ने निर्णय आपसी सहमतिकै आधारमा भएको दाबी

एजेन्सी - भारत र पाकिस्तानबिच गोलीबारी र सैन्य कारबाही रोक्ने निर्णय दुई देशबिच प्रत्यक्ष वार्ताबाटै सहमतिका आधारमा गरिएको दाबी गरिएको छ । प्रेस ट्रस्ट अफ इन्डियाले भारतीय सरकारी स्रोतहरूलाई उद्धृत गर्दै यस्तो दाबी गरेको हो । 

यो निर्णय कुनै तेस्रो पक्षको मध्यस्थता बिना नै भारत र पाकिस्तानले आपसी छलफलमार्फत सहमति भएको उसको रिपोर्टमा उल्लेख छ । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै शुक्रबार राति अमेरिकाले गरेको छलफलपछि दुवै देश तत्काल युद्धविरामका लागि तयार भएको बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व