नेभिगेशन
विश्व

भारत-पाकिस्तान युद्धविरामको उल्लङ्घन: श्रीनगरमा विस्फोट, ड्रोन आक्रमणको दाबि

काठमाडौँ - भारत र पाकिस्तानले युद्धविराम घोषणा गरेको केहि घण्टापछि नै जम्मु कश्मिरमा विस्फोटको घटना सुनिएको छ ।

जम्मु कश्मिरका मुख्यमन्त्री ओमार अब्दुल्लाहले श्रीनगरमा विस्फोटको घटना सुनिएको उल्लेख गरेका छन् ।

भारतीय मिडियाहरुले युद्धविरामको चार घण्टापछि पाकिस्तानले सीमा क्षेत्रमा गोलीबारी शुरु गरेको र केहि ड्रोनको आक्रमण समेत असफल बनाएको दाबि गरेका छन् ।

यस अघि आज साँझ ५ बजेदेखि भारत र पाकिस्तान सबै प्रकारका आक्रमण रोक्न सहमत भएको घोषणा गरेका थिए । यसका लागि अमेरिकाले मध्यस्थता गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व