नेभिगेशन
अर्थ विविध

व्यावसायिक योजनाबिनै दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बनाइयो : अध्यक्ष लिङ्देन

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कुनै ठोस व्यावसायिक योजनाबिना निर्माण गरिएको आरोप लगाएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रूपन्देहीले विमानस्थल सञ्चालनका लागि आज भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भ्रष्टाचार र विमानस्थल सञ्चालनको मुद्दासँगै लैजानुपर्ने आवश्यकता औँल्याए । अध्यक्ष लिङ्देनले मुआब्जा वितरणमा अनियमितता भएको संकेत गर्दै चर्को मूल्यमा आवश्कयताभन्दा बढी जग्गा अधिग्रहण गरिएको दाबी गरे।

‘४१ अर्ब लगानी गरेर यो नचल्ने एयरपोर्ट कसले बनायो उद्‌घाटन भएको यतिका वर्ष हुँदा पनि दुवै विमानस्थल किन सञ्चालनमा आउन सकेन रु यस विषयले संसद्मा प्रवेश गरेको छ’, उनले भने, ‘यसै विषयमा पनि सार्वजनिक लेखा समितिअन्तर्गत छानबिन उपसमिति बनेको र त्यो समितिको काम अनियमितताको छानबिन गर्नाका साथै विमानस्थल कसरी सञ्चालनमा ल्याउन सकिन्छ भन्ने पनि रहेको छ । सोहीअनुसार प्रतिवेदन तयार भइसकेको छ ।’

अध्यक्ष लिङ्गदेनले पोखरा विमानस्थल प्राविधिक रूपमा सञ्चालनमा आउन कठिनाइ रहे पनि भैरहवा विमानस्थल सञ्चालनमा आउन धेरै समस्या नरहेको बताए। श्रम, मेनपावर, भिसा सेन्टरलगायतका आवश्यक पूर्वाधार सरकारको एउटै निर्णयमा यहाँ आउन सक्ने भएकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराउने उनले प्रतिबद्धता जनाए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थ विविध

तोलामा एक हजार चार सयले घट्यो सुन