नेभिगेशन
विश्व

पाकिस्तानका विदेशमन्त्रीले भने–युद्धविरामसँगै व्यापक मुद्दामा वार्ता हुन्छ

इस्लामाबाद- पाकिस्तानका विदेशमन्त्री इशाक डारले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको स्वीकारेका छन् ।

उनले सामाजिक सञ्जाल साइट एक्समा यसको पुष्टि गर्दै लेखेका छन्, ‘पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएका छौं । पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं क्षेत्रीय शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ ।’

उनले व्यापक मुद्दाहरूमा वार्ता सुरु हुने पनि बताएका छन् । ‘मलाई यो घोषणा गर्न पाउँदा खुशी लागेको छ । भारत र पाकिस्तान सरकारहरू तत्काल युद्धविराम गर्न र तटस्थ स्थानमा व्यापक मुद्दाहरूमा वार्ता सुरु गर्न सहमत भएका छन्,’ उनले भनेका छन् । उनले शान्तिको बाटो रोज्ने सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदी र शहबाज शरीफको प्रशंसा पनि गरेका छन् । ‘हामी प्रधानमन्त्री मोदी र शरीफको बुद्धिमत्ता, विवेक र राजनेताको प्रशंसा गर्छौं,’ उनले भनेका छन् ।

यसको केही मिनेटअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविरामका लागि राजी भएको दावी गरेका थिए । उनका अनुसार अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन् । ट्रम्पले लेखेका छन्, ‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकामा दुवै देशलाई बधाई छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व